राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि ‘आत्मदाह’ को प्रयासपछि निधन भएका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीलाई अमेरिकामा बस्दै आएका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
अमेरिकाको टेक्ससमा बस्दै आएका चलचित्र निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको सक्रियतामा चलाइएको ‘गोफन्डमी’ अभियानबाट उठेको १७ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
चार सय १९ जनाबाट संकलित रकम नानुकालाई हस्तान्तरण गरिएको बताइएको छ । अभियानले कूल १३ हजार ७३२ डलर संकलन गरेको हो । त्यसमा ५२४ डलर सेवाशुल्क कटाएर प्राप्त भएको १७ लाख ३६ हजार ७२० रुपैयाँमा १३ हजार २८० रुपैयाँ थप गरि आचार्यको परिवारलाई दिइएको हो ।