सबै श्रेणीहरू

राष्ट्रपतिको सत्कार गर्न जलजलामा सार्वजनिक बिदा

राष्ट्रपतिको सत्कार गर्न जलजलामा सार्वजनिक बिदा

पर्वतको जलजला गाउँपालिकाले राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि सार्वजनिक बिदा दिने भएको छ । 

जलजला क्षेत्रको स्थलगत अवलोकन, बराह भगवानको दर्शन र कुल मन्दिर उद्घाटनका लागि फागुन १० गते राष्ट्रपति भण्डारी जिल्लामा आउने भएपछि गाउँपालिकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज सूचना प्रकाशित गर्दै गाउँपालिकाले उक्त कार्यक्रममा राष्ट्रपति भण्डारीको स्वागतसहित कार्यक्रमको व्यवस्थापन गर्नुपर्ने भएकाले बिदा दिनुपरेको जनाएको छ । 

त्यस दिन गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय र स्वास्थ्य तथा शैक्षिक संस्था बन्द हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले जानकारी दिए ।