आज नेपालमा ग्याल्बो ल्होसार मनाइएको छ । विशेषगरी हिमाली क्षेत्रका शेर्पा समुदायले मनाउने यो चाडमा राष्ट्रिय बिदा दिइएको छ । शेर्पालगायत महायान बौद्ध धर्मावलम्वी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार मनाइन्छ ।
यस अवसरमा शेर्पा समुदायले आफ्ना घर आँगनलगायत गुम्बा र चैत्यहरूमा नयाँ ध्वजा राख्ने, मिठा परिकार खाने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्छन् । विशेषगरी तीन दिन यो पर्व मनाउने गरिन्छ ।
उता मंगोलियामा पनि आजै यताको ल्होसारजस्तै साङ्गान सार पर्व मनाइएको छ । उनीहरुले पनि शेर्पाले झैँ आजको दिनलाई परम्परागत नयाँ वर्षको रुपमा मनाइरहेका छन् ।
मंगोलियनहरुले पनि यो अवसरमा मिठा परिकार बनाएर खाने र शुभकामना अदानप्रदान गर्ने बताइन्छ । मंगोलियामा यो चाड चार दिनसम्म मनाइन्छ ।