झापामा पनि आज एक युवकले आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोडमा स्थानीय ३४ वर्षे युवकले आत्मदाहको प्रयास गरेका हुन् ।
बिर्तामोड नगरपालिका–७ का विजय चौधरीले दिउँसो साढे ४ बजेको समयमा शरिरमा पेट्रोल छर्केर आत्मदहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
‘ती युवकले मुक्तिचोकमा आत्मदाहको प्रयास गरेका हुन् । आगो लागेपछि उनको पछाडिको भाग जलेके छ, इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारीमा उल्लेख छ ।
घाइते चौधरीको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको र प्रहरीले अनुसन्धान थालेको छ ।