प्रधानमन्त्री र एमाले अध्यक्षबीच भोलि थप छलफल हुने

प्रधानमन्त्री र एमाले अध्यक्षबीच भोलि थप छलफल हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भोलि पुनः भेटवार्ता हुने भएको छ । उहाँहरुबीच आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको उम्मेदवार उठाउने सम्बन्धमा छलफल हुने बताइएको छ ।

नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गरेपछि माओवादी केन्द्र र नेपाली काँग्रेस सामुन्ने उक्त मुद्दा थप पेचिलो बनेको छ । हिजो र आज भएका धेरै वटा छलफलमा एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाइनुपर्ने अडान लिएपछि प्रधानमन्त्री दाहालले भोलि एमाले अध्यक्षसँग थप कुराकानी गर्न लाग्नुभएको हो ।

तर, नेपाली काँग्रेस र माओवादी केन्द्र राष्ट्रिय सहमतिको नाममा काँग्रेसले रोजेको उम्मेदवारलाई राष्ट्रपतिको निर्वाचनमा उठाउने योजनामा देखिन्छन् । यसबीचमा लोसपाले समेत अध्यक्ष महन्थ ठाकुरलाई उम्मेदवारको रुपमा अघि सारेको छ ।

टिप्पणीहरू