एमालेका हरेक कार्यकर्ताले मोबाइल रेडी राख्नै पर्ने
सत्तारुढ दल नेकपा एमालेले पार्टी र नेतृत्वविरुद्ध सामाजिक सञ्जालमार्फत हुने विरोधको व्यवस्थित प्रतिवाद गर्न कार्यकर्ता पंक्तिलाई प्रशिक्षित गर्ने भएको छ ।
पार्टीको नीति र नेतृत्वका विरुद्ध घेराबन्दी भैरहेको जनाउँदै एमालेले त्यसको जमेर प्रतिवाद गर्न कार्यकर्तालाई ‘स्मार्ट’ बनाउने उद्देश्यले तालिम दिन लागेको हो । जसअनुसार कार्यकर्तालाई आ-आफ्नो मोबाइलबाट पार्टीको सकारात्मक प्रचार कार्यमा जुट्न (प्रचारको स्मार्ट शैली अपनाउन) अभ्यस्त गराइने छ भने सामाजिक सञ्जालको सही उपयोगको महत्वबारे प्रशिक्षित गरिने छ ।
प्रस्तावित कार्ययोजनाको 'साइबर हमलाको प्रतिवाद गर्ने काम' मा भनिएको छ- पार्टीको नीति र नेतृत्वको विरुद्ध भैरहेका घेराबन्दी,षड्यन्त्र र फैलाइएका एक-एक भ्रमको जमेर प्रतिवाद गर्ने । तथ्य आधारित तर्कपूर्ण प्रश्नहरु व्यापक गर्ने ।
कार्यकर्तालाई आ-आफ्नो मोबाइलबाट पार्टीको सकारात्मक प्रचार कार्यमा जुट्न (प्रचारको स्मार्ट शैली अपनाउन) अभ्यस्त गराइने छ भने सामाजिक सञ्जालको सही उपयोगको महत्वबारे प्रशिक्षित गरिने छ ।
उक्त प्रस्तावित कार्य योजनाअनुसार कुनै पनि सदस्यले लहै-लहैमा लागेर पार्टीको नीति र नेतृत्वको बारेमा अनास्था जाग्ने कुरा सामाजिक सञ्जालमा लेख्न पाउने छैनन् । त्यस्तो गरिए अराजकता हुन जाने र कारवाहीको विषय बन्ने प्रष्ट पारिएको छ ।
'त्यसलाई वडा तथा टोल कमिटीले गम्भीर रुपले लिने र विषयको गाम्भीर्यता हेरी कारवाहीको विषय बनाउने', कार्ययोजनाको तेस्रो वुँदामा लेखिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध मिथ्या प्रचार हुँदा पनि कार्यकर्तापंक्तिले प्रतिवाद नगरेको भनी असन्तुष्टि जनाउँदै आउनुभएको छ । आफूविरुद्ध हुटिङ्ग हुँदासमेत युवा संघका कार्यकर्ताले मुख नखोलेको भन्दै सचिवालय बैठकमा उहाँले चर्को आपत्तिसमेत जनाउनुभएको थियो ।
हिजो सम्पन्न केन्द्रीय समिति बैठकमा पनि उहाँको राजनीतिक प्रतिवेदनमा सोही कुरा दोहोर्याइएको छ ।
टिप्पणीहरू