सबै श्रेणीहरू

सरकारले दियो पाँच उच्च अधिकारीलाई विदेश भ्रमणको स्वीकृति

सरकारले दियो पाँच उच्च अधिकारीलाई विदेश भ्रमणको स्वीकृति

हिजो अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले पाँच जना उच्च अधिकारीलाई विदेश भ्रमणको स्वीकृति दिएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी गराउनुभएको हो । 

मन्त्री शर्माका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई बैंकक र सदस्य डा. रामकुमार फुयाललाई स्वीट्जरल्याण्ड भ्रमणको स्वीकृति दिइएको छ । डा. श्रेष्ठ चैत दोस्रो साता  डा. फुयाल पनि चैत दोस्रो साता विदेश भ्रमणमा जाने बताइएको छ ।

यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दक्षिण सुडानको भ्रमणमा जान स्वीकृति दिइएको छ । अर्याल आगामी साता त्यहाँ हुने फम्र्ड पुलिस युनिटको मेडल परेड कार्यक्रममा सहभागी हुन त्यता जाने जानकारी दिइएको छ ।

शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई बेलायत पठाइने भनिएको छ । सचिव सुवेदी फागुन अन्तिम साता त्यता जाने कार्यक्रम छ । पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई फागुन तेस्रो साता जर्मनीको बर्लिनमा आयोजना हुने बर्लिन पर्यटन मेलामा सहभागी हुन स्वीकृति दिइएको छ ।