प्रधानमन्त्री भेट्न पूर्व प्रधानमन्त्री भट्टराई बालुवाटारमा

प्रधानमन्त्री भेट्न पूर्व प्रधानमन्त्री भट्टराई बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भेटघाट प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा आज बिहान भएको बताइएको छ ।

प्रधानमन्त्री दाहालसँग कुराकानी गर्न पूर्व प्रधानमन्त्री डा. भट्टराई बिहान साढे ७ बजे नै बालुवाटार पुग्नुभएको हो । उहाँ झण्डै एक घण्टा कुराकानी गरेपछि त्यहाँबाट बाहिरिनुभएको बालुवाटार स्रोतले बताएको छ ।

यसअघि उहाँहरुबीच गत शुक्रबार बिहान पनि बालुवाटारमा झण्डै एक घण्टा कुराकानी भएको थियो ।
 

टिप्पणीहरू