जसलाई आफूभन्दा कलिला पुरुषले साथ दिइरहे

जसलाई आफूभन्दा कलिला पुरुषले साथ दिइरहे

मेडोना सफल गायिका, पप गायनकी रानी । उनको परिचय यत्तिमै सीमित छैन । पछि अभिनेत्री, उद्यमी, गीतकार, निर्माता, नर्तकी, लेखक, फिल्म निर्देशक, पटकथा लेखक र समाजसेवीको रूपमा पनि चिनाउन सफल भइन् । उनले आफ्नो रचनामा सामाजिक अन्याय, नश्लीय और यौन उत्पीडनजस्ता संवेदनशील विषयलाई नडराई उठाउने गरिन् । मेडोना एकल स्टेज सोमार्फत सबैभन्दा बढी कमाउने गायिकामा पर्छिन् । उनको गीति एल्बम २० करोडप्रति भन्दा बढी बिक्री भइसकेको छ । गिनिज बुक अफ वल्र्ड रिकर्डस्ले उनलाई सर्वकालीन सफल महिला कलाकरको सूचीमा राखेको छ । ६५ वसन्त पार गरिसकेकी उनको चर्चा संगीत क्षेत्रमा यतिखेर पनि कमी आएको छैन । ८५ करोड अमेरिकी डलर बराबरको सम्पत्तिको मालिक्नी उनी कुनै बेला ३० डलर बोकेर आफ्नो जन्मथलो मिचिगनबाट न्युयोर्क झरेकी थिइन् । यद्यपि, उनी विवादबाट पनि कहिल्यै अछुतो रहिनन् । उत्तेजक शारीरिक प्रदर्शनको कारण होस् वा यौन सम्बन्धको कारण । चर्चामा छाउन अनेक तिकडम गर्छिन् । यसै सिलसिलामा टर्कीको शहर इस्ताम्बुलमा आयोजित एउटा कार्यक्रममा स्टेजमा गीत गाउँदागाउँदै लगाइराखेको ‘ब्रा’ जानाजान तल झारिन् ता कि त्यहाँ उपस्थित लाखौं जनता र टिभीमा लाइभ कार्यक्रम हेरिरहेका करोडौं प्रशंसकले उनको नांगो स्तन देखुन् । कतिपटक त फेसबुक र इन्स्टाग्रामजस्तो सामाजिक सञ्जालसमेत उनको छाडा र अश्लील तस्बिरमाथि सेन्सर लगाउन बाध्य बनेका छन् । यहाँसम्म कि ६४ वर्षको उमेरमा पनि सर्वांग नांगो तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्न हिच्किचाइनन् ।

मेडोनाकी आमा मेडोनालाई जन्म दिएको केही महिनापछि नै यो संसारबाट बिदा भएकी थिइन् । पछि उनका बुबाले दोस्रो बिहे गरे । त्यसैले उनको बाल्यकाल सुखद रहेन । परिवारजन उनलाई घृणा र स्कुलका साथीहरू क्रूर व्यवहार गर्थे । १४ वर्षको उमेरमा बिकनी लगाएर स्कुलको प्रतियोगितामा भाग लिइन् । शरीरमा प्रकाशमा झनै टल्कने रंग लेपन गरेर अंग्रेज रक समूह ‘दि हु’ को ‘बाबा ओ’ रिली’ गीतको बोलमा नृत्य गरिन् । जब उनलाई उनका बुबाले यो अवस्थामा देखे अत्यन्त रिसाए । उनले छोरीलाई घरमा नजरबन्द गरिदिए, छोरीलाई बेश्या भने । बाबुको यो व्यवहार र शब्द उनको जीवनमा अमिट छाप बन्यो, त्यसैले उनकी धेरै रचना कुमारी र बदनाम महिलाबारे हुने गरेको छ । स्कुले जीवनमा उनको छवि राम्रो थिएन । अनेक हर्कत गरेर केटाहरूलाई भित्र लगाइराखेको कट्टु देखाइरहन्थिन् । पछि नृत्य सिकिन् । भाग्य चम्काउने लोभमा न्युयोर्क पुगिन् । शुरुमा न्युयोर्कमा उनले निकै संघर्षपूर्ण जीवन झेलिन् । एक जना अपरिचित पुरुषबाट बलात्कृत भइन् । ती ब्यक्तिले चक्कु देखाएर उनलाई एउटा बन्दै गरेको बिल्डिङमा लगेर बलात्कार गरेका थिए । त्यसबेला उनी १९ वर्षकी थिइन् । २१ वर्षको उमेरमा उनको भेट एक जना फ्रान्सिसी नर्तकीसँग भयो र उनैको नृत्य टोलीमा सम्मिलित भएर विश्वभ्रमणमा निस्किन् । 

यसैबीच, उनको भेट गायक ड्यानियल एलान गिलरोइसित भयो । उनी मेडोनाभन्दा ११ वर्ष जेठो थिए । तैपनि प्रेम गर्न थालिन् । यो उनको पहिलो प्रेम थियो । गिलरोइ आफ्ना भाइसँगै न्युयोर्ककै क्विन्समा बस्थे । मैडोना प्रेमीकै घरमा बस्न थालिन् । गिलरोई दाजुभाइ ‘बिल एन्ड गिल’ नामक हास्य प्रहसनमा संगीतकारको काम गर्थे । मेडोनालाई ड्रम र गितार बजाउन सिकाए । मेडोनाले त्यतिञ्जेलसम्म गीत लेख्न थालिसकेकी थिइन् । उनीहरू मिलेर सन् १९७९ मा ‘ब्रेकफास्ट क्लब’ संगीत ग्रुप गठन गरे । ड्यानियल ग्रुपका मुख्य गायक थिए भने मेडोना कहिले ड्रम त कहिले गितार बजाउँथे । एकदिन, मेडोनाले आफूले लेखेको गीत गाउन गिलरोइ दाजुभाइलाई मनाइन् । मेडोनाद्वारा लिखित गीत स्टेजमा गाइएको यो नै पहिलो गीत थियो । पछि ब्रेकफास्ट क्लब छाडेर एम्मी ग्रुप बनाइन् । उनले एकल गाउन थालेको भने सन् १९८२ देखि मात्र हो । पहिलो एकल गीति एल्बम ‘एभरीबडी’ पनि सोही वर्ष निकालिन् । ‘पापा डोन्ट प्रिच’ उनलाई चर्चित बनाएको पहिलो गीत हो । सबैभन्दा बढी १९८४ मा निकालेको एल्बम ‘लाइक अ भर्जिन’ ले नाम र दाम कमाएकी हुन् । यसै एल्बममार्फत विश्वभर लोकप्रिय बनेकी हुन् । उनी अभिनीत सफल चलचित्रमा ‘इभिटा’ ‘डिक ट्रेसी’ ‘मेडोनाः त्रुथ अर डेयर’ ‘मैडम एक्स’ हुन् ।

मेडोनाले जीवनमा २ पटक बिहे गरिन् भने धेरै जनासित प्रेम गरिन् । पछिल्लो समय ६४ वर्षको उमेरमा उनको प्रेमी बन्न पुगेका युवक हुन् २३ वर्षीय एण्ड्रयु डार्नेल । पेशाले डार्नेल मोडल र टिकटक स्टार हुन् । यसै महिना मात्र एउटा म्यागेजिनमा डार्नेलको छातीको मुन्टो चुसिरहेकी मेडोनाको फोटो छापिएको थियो । बहुप्रतिभाशाली भनिएका डार्नेल खेलाडी पनि हुन् । लगत्तै अर्को म्यागेजिनमा दुबै जनाको म्वाइँ खाइरहेको फोटो पनि प्रकाशन भयो । उक्त फोटो मेडोनाकी छोरी एस्टेरे र एस्टेलाको जन्मदिनको कार्यक्रममा खिचिएको थियो । फोटोमा मेडोनाका छोरीहरू पनि थिए । ५ महिनाअघि मात्र मेडोना प्रेमी अहलमलिक विलियमबाट टाढिएकी थिइन् । अहलमलिक पनि उमेरमा मेडोनाभन्दा ४० वर्षले कान्छो हुन् । उनी पेशाले डान्सर । उनका पिताले मेडोनाले आफ्नो छोरासित सन् २०१८ देखि प्रेम गर्न थालेकी र दुबैले छिट्टै बिहे गर्दै छन् भनेका थिए तर उनीहरूको सम्बन्ध बिहेसम्म पुग्न नपाइकनै टुट्यो । अहलमलिक र मेडोनाले सँगसँगै दुई–तीन वटा सांगीतिक यात्रा पनि गरेका थिए । त्यसैगरी अहलमलिकभन्दा अगाडि उनका यौन साथी थिए – ब्राहिम जैबात । ब्राहिम फ्रान्सिसी मोडल र डान्सर हुन् । उनीहरूले सन् २०१२ मा सांगीतिक – विश्वभ्रमण गरेका थिए । सन् २०१० मा मेडोनाको प्रेमी बन्दा ब्राहिम पनि २४ कै थिए । मैडोना र उनको सम्बन्ध पनि ३ वर्ष मात्र टिक्यो ।

ब्राहिमसित प्रेममा डुब्नुअघि भने मेडोना विवाहित थिइन् । बेलायती चलचित्र निर्देशक, निर्माता र पटकथाकार गुइ रित्चीसँग भने प्रेम मात्र गरिनन् बिहे पनि गरेकी थिइन् । गुइ उनीभन्दा १० वर्षले मात्र कान्छो थिए । उनी सोतोकोन कराटेका ब्लायक बेल्ट होल्डर थिए । ७ वर्षको कलिलो उमेरमा कराटे सिक्न थालेका उनी जुडोका पनि खेलाडी थिए । सन् २००० को मे १८ को दिन लण्डनस्थित आफ्नै घरअगाडिबाट पक्राउ परे । २० वर्षीय एक जना युवकमाथि कुटपिट गरेका थिए । यो कुरो उनले मेडोनालाई भने । उनीहरूबीच यो घटना हुनुअगावै सम्बन्ध घनिष्ट बनिसकेको थियो । सम्बन्धले एउटा आकार लिइसकेको थियो, नतिजा अगस्टमा मेडोनाले एउटा छोरो पनि जन्माइन् –रोको । गुइको तर्फबाट छोरोको आमा बनिसकेपछि बल्ल डिसेम्बरमा उनीहरू वैवाहिक बन्धनमा बाँधिए । यो मेडोनाको दोस्रो बिहे थियो । दाम्पत्य जीवन ८ वर्षपछि अवरुद्ध बन्यो । सम्बन्धविच्छेदको अगुवाइ मेडोनाले नै गरेकीले उनलाई ९ करोड २० लाख पौण्ड घाटा लाग्यो । लण्डनस्थित सम्पत्ति गुइलाई छाड्नु प¥यो । सम्बन्धविच्छेदको मुद्दा चल्दाचल्दै मेडोनाको नजर आफूभन्दा २८ वर्षले कान्छो मोडल जेसस लुजमा परिसकेको थियो र जब मुद्दाको किनारा लाग्यो तवदेखि खुल्लमखुला ब्राजिलियन मोडल लुजसँग अँगालो हाल्दै हिँड्न थालिन् । ‘डब्लु म्यागेजिन’ का लागि फोटो खिचाउने क्रममा उनीहरूको भेट भएको थियो, सन् २००८ मा । तर, लुजकी आमा नै छोराले मनपराएकी महिलाभन्दा १४ वर्षले कान्छी भएकोले लुज र मेडोनाको सम्बन्धलाई उनले मन पराइनन् । नतिजा, २ वर्षमै सम्बन्धविच्छेद भयो ।       

मेडोनाको प्रथम विवाह अमेरिकी फिल्म अभिनेता तथा निर्देशक सिन पेनसँग भएको हो । सिन पनि उनीभन्दा कान्छो नै थिए तर २ वर्ष मात्र । उनी त्यो बेला एउटै समय नयिकाद्वय एलिजाबेथ मैकगभर्न र सुसान सरन्डानको प्रेममा थिए । तर, यसबीच ‘मेट्रयल गर्ल’ गीति एल्बम तयारीका बेला मैडोनाको उनीसित भेट भयो । पहिलो भेटघाटमै मेडोनासित प्रेम भएपछि सिनले आफ्ना दुबै प्रेमिकालाई बिर्से । र, सन् १९८५ मा बिहे नै गरे । त्यो बेला उनको उमेर २५ र मेडोनाको उमेर २७ थियो । सिन रिसालु थिए । जो–कोहीसँग पनि झगडा गर्थे । बिहे गरेको २ वर्षपछि नै पत्रकारसित हाथापाइमा उत्रेपछि मेडोनाले सम्बन्धविच्छेद गर्न चाहिन् तर पछि किन हो मुद्दा फिर्ता लिइन् । दम्पतीबीच पुनर्मिलन भए पनि फेरि सिन मेडोनामाथि नै कुटपिट गर्न थाले । अत्याचारले सीमा नाघेपछि सन् १९८९ मा फेरि मुद्दा दायर गरिन् र अन्त्यमा छुट्कारा पाइन् । सिनसँग बिहे गर्नुअगाडि नै क्रमशः गायक ड्यानियल गिलरोइ, पेन्टर जीन बास्किट, मोडल तथा फोटोग्राफर टोनी वार्डको प्रेमिका बनेकी उनले सिनसित छुट्टिएपछि अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका छोरा जोन केनेडी जुनियरसित पनि प्रेम गरिन् तर केनेडी पत्नी जैकलिनले मैडोनासितको छोराको सम्बन्धलाई मनपराइनन् र छुटाइदिइन् । त्यसपछि सिनेकलाकार वारेन बेट्टी ¥यापर भेनिल्ला आइस, अर्का ¥यापर टुपाक साकुर, बास्केटबल खेलाडी डेनिस रोडमैन क्युबाली ट्रेनर कार्लोस लियोनसित पनि प्रेम सम्बन्ध राखिन् । लोग्ने र प्रेमी सबैको तर्फबाट उनका ६ सन्तान छन् ।
 

टिप्पणीहरू