सहकारीको ढोका फोर्ने रुपबहादुर पक्राउ
प्रहरीले सहकारी संस्था चोरी गर्दै हिँडेका रुपबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । गत माघ ३ गते टोखा नगरपालिका ७ स्थित मिसास बचत तथा ऋण सहकारी संस्थाको ढोका फोरेर सेफसहित दुई लाख नगद चोरेका उनलाई हिजो पक्राउ गरिएको हो ।
काठमाडौंको तारकेश्वर बस्ने नुवाकोटको बेलकोटगढी नगरपालिका ११, तीगाउँका ३३ वर्षे रुपबहादुर तामाङलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धराबाट नियन्त्रणमा लिएको हो । उनीसँगै चोरीमा प्रयोग भएको औंजार तथा नगद फेला पारिएको छ ।
थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत महाराजगञ्ज पठाइएको बताइएको छ ।
टिप्पणीहरू