बैंकको पैसा गडबड गरेर भागेका रविभक्त सात वर्षपछि भेटिए

बैंकको पैसा गडबड गरेर भागेका रविभक्त सात वर्षपछि भेटिए

बैकिङ्ग कसूर मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले सात वर्षपछि समातेको छ । 

काभ्रेको पनौती नगरपालिका–५ घर भई हाल भक्तपुरको मध्यपुर थिमी बस्ने ५८ वर्षीय रविभक्त सैंजुलाई प्रहरीले आज बबरमहलबाट पक्रेको हो । उच्च अदालत पाटनले २०७२ पुस १७ गते बैकिङ्ग कसूर मुद्दामा दोषी ठहर गर्दै उनलाई दुई वर्ष कैद र ८६ लाख ७० हजार ५ सय ३७ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । 

तर, फैसलालगत्तै भागेका रविभक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले अन्ततः पक्राउ गरेर फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत काठमाडौंमा पठाएको छ ।

टिप्पणीहरू