रामेछापका मानन्धरको खल्तीमा नक्कली लाइसेन्स
प्रहरीले नक्कली लाइसेन्स बोकेको आरोपमा एक जनालाई पक्रेको छ । नक्कली लाइसेन्सको प्रयोग बढेको गुनासोसँगै प्रहरीले त्यस्ता व्यक्तिको खोजतलास गर्ने क्रममा रामेछापका २८ वर्षे नवीन मानन्धर समातिएका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई हिजो नियन्त्रणमा लिएको हो । रामेछापको सुनापाती गाउँपालिका ५ स्थायी घर भई हाल भक्तपुर, ब्यासी बस्ने मानन्धरलाई शंका लागि निजको शरीर खानतलासी गर्ने क्रममा निजको साथबाट ए र बी वर्गको सवारी चालक अनुमतिपत्र ए, बी, एफ र जी वर्ग बनाइएको अवस्थामा फेला परेको हो ।
मानन्धरलाई लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर, जावलाखेल पठाइएको छ ।
टिप्पणीहरू