अढाई सय किलो गाँजासहित गाडी छोडेर ड्राइभर बेपत्ता

अढाई सय किलो गाँजासहित गाडी छोडेर ड्राइभर बेपत्ता

करिब २ सय ५८ केजी गाँजासहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको स्कर्पियो गाडीका ड्राइभर बेपत्ता भएपछि प्रहरीले उनको खोजी कार्य तीब्र पारेको छ ।

सुनसरीको हरिनगर गाउँपालिका–५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडकबाट नियन्त्रणमा लिएको बिआर १ एके ६१०० नम्बरको स्कर्पियोमा ठूलो परिमाणमा गाँजा भेटिएपछि प्रहरीले बेपत्ता ड्राइभरको खोजी गरेको हो । 

सशस्त्र प्रहरीको सीमा सुरक्षा बल बसन्तपुरले जाँच गर्दा स्कर्पियोका ड्राइभर प्रहरीले गाडी रोक्नेबित्तिकै गाडी छोडेर भागेका थिए । त्यसपछि प्रहरीले गाडी खानतलासी गर्दा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा गाँजा फेला परेको थियो । 

बरामद गाँजा र गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

टिप्पणीहरू