विप्लवका केन्द्रीय सदस्य हातपात र लुटपाटमा संलग्न, तीन जना पक्राउ

विप्लवका केन्द्रीय सदस्य हातपात र लुटपाटमा संलग्न, तीन जना पक्राउ

लघुवित्त संस्थाका कर्मचारीमाथि हातपात र लुटपाट गरेको आरोपमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य प्रक्राउ परेका छन् । उनीसहित सोही आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

उनीहरुले भेरी नगरपालिका–११, जाजरकोटमा रहेको एनआईसी लघुवित्तका कर्मचारीमाथि हातपात र लुटपाट गरेको बताइएको छ । केन्द्रीय सदस्य तथा  जिल्ला इञ्चार्ज बलबहादुर मल्ल, सेक्रेटरी विराजन शाही र सचिवालय सदस्य कर्णबहादुर बस्याल पक्राउ परेका हुन् ।

उनीहरुलाई गए राति सदरमुकामबाट गिरफ्तार गरिएको प्रहरीले जनाएकाे छ । हिजो दिउँसो उक्त लघुवित्तको कार्यालयमा कर्मचारीहरुमाथि पार्टीको निर्देशनमा जनकारबाही गरिएको थियो ।

टिप्पणीहरू