म्यारिज एनिभर्सरीमा गृहमन्त्रीलाई ‘एक्स’ फ्रेण्डहरुको व्यङ्ग्यमिश्रित शुभकामना

म्यारिज एनिभर्सरीमा गृहमन्त्रीलाई ‘एक्स’ फ्रेण्डहरुको व्यङ्ग्यमिश्रित शुभकामना

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो विवाह वार्षिकोत्सव (एनिभर्सरी) को उपलक्ष्यमा सामाजिक सञ्जाल एक्स (ट्विट्) मा फोटो र स्टाटस पोष्टाएसङ्गै सामाजिक सञ्जालका साथी (फ्रेण्ड) हरुले शुभकामना दिएका छन् ।

हिजोको तुलनामा उनकै वालमा गएर उनलाई समर्थनभन्दा आलोचना गर्नेको संख्या ह्वात्तै बढेको छ । श्रीमती निकिता पौडेलसँग कतारको भिलाजियो मलमा खिचिएका फोटोसहितको उक्त स्टाटसमा दिउँसो साढे ३ बजेसम्म २६२ जनाले कमेन्ट गरेका छन् भने ३१ हजार पाँच सयले हेरेका छन् । 

उनले ‘निकिता भाउजूलाई डिभोर्स गरेर अर्की राम्री धनवाली बिहे नगर्नुहोला’ भनेका छन् । अगाडि लेख्छन्, ‘एनिभर्सरीको शुभकामना प्रिय सहकारी दादा !’

एक्स फ्रेण्ड किरण जोशीले उनलाई ह्याप्पी एनिभर्सरी भन्दै ‘अब अर्को बिहे नगर्नुहोला’ भनेर सुझाएका छन् । देव नेपालीले पनि अंग्रेजीमा शुभकामना लेखेर मन्त्री तथा मन्त्राणी उल्लेख गरेका छन्, ‘सहकारी ठगीको पैसा छिटो फिर्ता होस् भनेर भगवानसँग प्रार्थना गरेको छ । जस्तो कर्म उस्तै फल ! स्वच्छ राजनीति यात्रा सहज,झुट,ठग, भ्रमको राजनीति कठिन ।’

सन्तोष ढकालले पनि गृहमन्त्रीलाई यो अवसरमा अर्को बिहे नगर्न सुझाएका छन् । उनले ‘निकिता भाउजूलाई डिभोर्स गरेर अर्की राम्री धनवाली बिहे नगर्नुहोला’ भनेका छन् । अगाडि लेख्छन्, ‘एनिभर्सरीको शुभकामना प्रिय सहकारी दादा !’

यस्तै चोटिलो व्यंग्य गर्नेमा ढकाल श्रावण पनि देखिएका छन् । उनले नेपालीमा लेखेर अंग्रेजीमा बधाई दिएका छन् । लेख्छन्, ‘ह्याप्पी एनिभर्सरी ब्रदर । फेरि आर्को बिहे गरेर नमनाउनु नि । गर्नै परे नि सहकारीबाट दाम नलिनु है !’

टिप्पणीहरू