राजीनामा दिने निर्णयमा पुगे कुलपति

राजीनामा दिने निर्णयमा पुगे कुलपति
सुन्नुहोस्

नेपाल संस्कृत विश्वविद्यालय,दाङका कुलपति यादवप्रसाद लामिछानेले राजीनामा दिन लागेका छन् । 

कुलसचिव माधव अधिकारीमाथिको निलम्बन उल्ट्याउन प्रधानमन्त्री केपी शर्मा ओली र एमाले महासचिव शंकर पोखरेलले दिएको दबाब सहन नसकेर उनी पद छोड्ने निर्णयमा पुगेको बुझिएको छ । अधिकारी एमाले महासचिव पोखरेलका भान्जा हुन् । 

देशको दोस्रो ठूलो पार्टीको महासचिव मामाको प्रभाव देखाएर जथाभावी गरेका उनलाई विश्वविद्यालयले स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नदिएपछि असारको अन्तिम साता निलम्बन गरिएको थियो । अधिकारीमाथि पदीय मर्यादा कायम गर्न नसकेको,शिक्षाध्यक्षलाई कार्यकारी परिषदको बैठक सञ्चालन भइरहेको अवस्थामा अशिष्ट,अभद्र तथा दुर्व्यवहार गरेको, कार्यकारी परिषद्ले गरेका निर्णयलाई अवज्ञा गरेको आरोप छ । 

प्रधानमन्त्री ओली र महासचिव पोखरेलले पालैपालो फोन गरेर निलम्बन फिर्ता लिन ठाडो निर्देशन दिएपछि 'दबाब झेल्नुभन्दा पद छोड्नु ठीक' भन्ने मनस्थितिमा उनी पुगेको बताइएको छ ।

निलम्बनको केही दिनमै मामाको पार्टी एमालेका अध्यक्ष मुलुकको प्रधानमन्त्री बनेपछि भिसी लामिछानेमाथि निर्णय फिर्ता लिन दबाब दिइएको थियो । त्यही क्रममा प्रधानमन्त्री ओली र महासचिव पोखरेलले पालैपालो फोन गरेर निलम्बन फिर्ता लिन ठाडो निर्देशन दिएपछि 'दबाब झेल्नुभन्दा पद छोड्नु ठीक' भन्ने मनस्थितिमा उनी पुगेको बताइएको छ । भोलिसम्ममा राजीनामा पत्र बुझाउने तयारी छ ।  

अधिकारीमाथि विश्वविद्यालय नेतृत्वलाई दबाब दिने उद्धेश्यले एमालेसम्वध्द अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई प्रयोग गरेर विभिन्न कार्यकक्षमा तालाबन्दी गराएको आरोप पनि थियो ।

टिप्पणीहरू