सालकको खपटासहित जिउँदो हुचिल लिएर हिँडेका दुई जना नौबिसेमा समातिए

सालकको खपटासहित जिउँदो हुचिल लिएर हिँडेका दुई जना नौबिसेमा समातिए

धादिङमा सालकको खपटा र जिउँदो हुचिलसहित दुई जना समातिएका छन् । थाक्रे गाउँपालिका-५ नयाँगाउँका ४७ वर्षीय विनोद लामा र अर्का एक जनालाई प्रहरीले हिजो साझँ पक्रेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा उनीहरुलाई नौविसेबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार बोराभित्र ५ किलो ३ ग्राम सालकको खपटा र कार्टुनभित्र एउटा हुचिल लुकाई छिपाई राखेर हाप्सेचौरबाट नौविसेतर्फ आउँदै गर्दा उनीहरु समातिएका हुन् ।

पक्राउ परेका उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू