शम्भुनाथका मेयर भ्रष्टाचारमा मुछिए

शम्भुनाथका मेयर भ्रष्टाचारमा मुछिए

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित इञ्जिनियर रामचन्द्र साहविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विद्यालय सभाहल निर्माणमा मेयर गुप्ता र इञ्जिनियर साहले मिलेमत्तोमा आर्थिक अनियमितता गरेको पुष्टी भएसँगै मुद्दा चलाएको अख्तियारले जनाएको छ । उनीहरुले अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको अख्तियारको दाबी छ । 

गत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इञ्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ताको पनि संलग्नता खुलेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

टिप्पणीहरू