बौद्ध चैत्य भत्काएर बुद्धको ३ सय वर्ष पुरानो मूर्ति चोरियो

बौद्ध चैत्य भत्काएर बुद्धको ३ सय वर्ष पुरानो मूर्ति चोरियो

राजधानीबाटै बुद्धको तीन शताब्दी पुरानो मूर्ति चोरी भएको छ । ललितपुरको गोदावरीबाट तीनसय १७ वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको बताइएको छ ।

गोदावरी नगरपालिका ११ चिभालाछीस्थित बौद्ध चैत्यभित्र रहेको मुख्य मूर्ति हिजो राति चोरी भएको हो । बिहान उज्यालो भएपछि मात्रै राति मूर्ति चोरिएको स्थानीयले थाहा पाएका थिए ।

बजारको मध्य भागमा रहेको चैत्यको केही भाग फोडेर मूर्ति चोरिएकोमा स्थानीय स्तब्ध छन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान र छानबिन थालेको बताइन्छ ।
 

टिप्पणीहरू