निर्दयी बाबुले तीन वर्षकी छोरीलाई ढुंगाले हानेर मारे

निर्दयी बाबुले तीन वर्षकी छोरीलाई ढुंगाले हानेर मारे

बागलुङमा आफ्नै तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई हाल जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिन तीन वर्षीया छोरी अरिसा दिनको हत्या गरेको आरोपमा समातिएका हुन् । 

प्रहरीका अनुसार बुधबार साँझ सायरले अरिसाको टाउकोमा ढुंगा प्रहार गर्दा उनको घटनास्थलमै प्राण गएको हो । हाल सायरलाई नियन्त्रणमा लिइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू