बागलुङमा दुई जनाको हत्या

बागलुङमा दुई जनाको हत्या

बागलुङमा दुई जनाको हत्या भएको छ । जैमिनी नगरपालिका दमेकस्थित बनहुँका ४५ वर्षीय केशव नेपालीले श्रीमती राधा नेपालीको हत्या गरेका छन् ।

प्रहरीका अनुसार बारीमा आलु खनिरहेको अवस्थामा नेपालीले श्रीमती राधाको टाउकोमा प्रहार गरेका हुन् । कोदालो प्रहारबाट घाइते राधाको उपचारको क्रममा धौलागिरि अस्पतालमा मृत्यु भएको हो ।

सोही नगरपालिकाको वडा नम्बर ४ सर्कुवामा बाबुले डेढ वर्षकी छोरीको हत्या गरेका छन् । २७ वर्षका बाबु सायर दिनले छोरी आरिसाको हत्या गरेका हुन् । उनले पनि ती शिशुको टाउकोमा प्रहार गरेका थिए । 

हत्यामा संलग्न दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणीहरू