ठमेलमा अफ्रिकी युवतीको यौन धन्दा

ठमेलमा अफ्रिकी युवतीको यौन धन्दा

अफ्रिकी मुलुक युगान्डाकी युवतीहरु राजधानीको यौन व्यवसायमा संलग्न भएको पाइएको छ । पर्यटक भिसामा गत साउनमा आएकी युगाण्डाकी एउटी युवतीले अरुलाई समेत नेपाल बोलाएर यौन व्यवसाय सञ्चालन गरेकी हुन् ।

युगान्डाबाट गत साउन २३ गते नेपाल आएकी २५ वर्षीया इमाकुलेट नावासुम्बाले आफ्ना मुलुकका युवतीलाई नेपालमा ल्याएर यौन व्यवसायमा संलग्न गराएको देखिन आएको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नतासा भनिने ती युवतीले ठमेलमा आफ्नो धन्दा चलाएको देखिन आएको हो ।
 
पर्यटक भिसामा नेपाल आएकी उनी ठमेलको होटल जर्नी होममा बसेकी हुन् । उनले युगाण्डाका युवतीलाई नेपालमा मासिक पाँच सय अमेरिकी डलरको रोजगारी पाइने प्रलोभन देखाएर बोलाएको तथ्य खुलेको छ । 

पीडित युवतीले दिएको जाहेरीमा ‘आफूलाई होटलको वेटरमा रोजगारी दिलाइदिने आश्वासनमा बोलाइएको’ उल्लेख छ । तर काठमाडौं आइपुगेपछि जबर्जस्ती यौन व्यवसायमा लगाएको उनले बताएपछि नतासा पक्राउ परेकी हुन् ।

एक महिनाअघि काठमाडौं आएकी अर्की २५ वर्षीया युवतीलाई सोही होटलमा राखेर नतासाले नेपाली र भारतीय युवकसँग यौन क्रियाकलाप गराएकी थिइन् । युवतीहरुले दैनिक सात जना पुरुषसँग जबर्जस्ती यौन क्रियाकलाप गर्नुपर्ने उनको शर्त भएको बताएका छन् । दिनहुँ शारीरिक सम्पर्क गरेपछि एउटी युवती बिरामी परेकी थिइन् ।

ब्युरोले गरेको अनुसन्धानमा नतासा आफैँ पनि यौन व्यवसायमा संलग्न हुँदै आएको देखिन्छ । प्रत्येक ग्राहकसँग पाँच हजार रुपैयाँ लिने गरेको पनि खुलेको छ ।
 

टिप्पणीहरू