सोल्टीमा आयुर्वेद कँग्रेस, प्रधानमन्त्री प्रमुख अतिथि

सोल्टीमा आयुर्वेद कँग्रेस, प्रधानमन्त्री प्रमुख अतिथि

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सातौं अन्तर्राष्ट्रिय आयुर्वेद कँग्रेस शुरु भएको छ । कार्यक्रम काठमाडौंस्थित होटल सोल्टीमा आयोजना गरिएको छ । 

अन्तर्राष्ट्रिय आयुर्वेद कँग्रेसको आयोजनामा ‘पवित्र स्वास्थ्य सबैका लागि’ भन्दै थालिएको कार्यक्रममा आयुर्वेदको समग्र विषयमा छलफल गरिने बताइएको छ । कार्यक्रमको अध्यक्षता नेपाल महाऋषि वैदिक फाउन्डेसनका अध्यक्ष दिपककुमार बाँस्कोटाले गरेका छन् ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतीय आयुर्वेद राष्ट्रिय एकेडेमीका डा. देवेन्द्र तृगुना, भारत आयुर्वेद पुनेका प्रा. डा. सुबास रनाडे, अन्तर्राष्ट्रिय महाऋषि आयुर्वेद अध्यक्ष रैनर पिचा, पाटिल युनिभर्सिटी पुनेका उपकुलपति डा. पिडि पटेल, आयुर्वेद डाक्टर एसोसिएसनका अध्यक्ष श्यामबाबु यादव, महाऋषि अन्तर्राष्ट्रिय युनिभर्सिटी अमेरिकाका अध्यक्ष डा. जोन हगलिन्लगायतको सहभागिता रहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू