बैंकक उड्न लागेका चिनियाँकाे लगेजभित्र ठूलाे परिमाणकाे भियाग्रा

बैंकक उड्न लागेका चिनियाँकाे लगेजभित्र ठूलाे परिमाणकाे भियाग्रा

ठूलो परिमाणको भियाग्रा बोकेर बैंकक उड्ने तरखरमा रहेका एक जना चिनियाँ आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । साढे १ बजेको थाई स्माइलको उडान नम्बर डब्लुई ३२० बाट बैंकक हुँदै ग्वाङ्झौ जान लागेका लि छियान् लगेज एक्सरे गर्ने क्रमा प्रहरी नियन्त्रणमा पुगेका हुन् ।

इ सी ०८४३६६२ नम्बरको राहदानी बोकेका ४६ वर्षे हेनान प्रान्तका छियान्को ब्यागेजमा ९५ थान यौनबद्र्धक भियाग्रा फेला परेको हो । उनलाई लगेज एक्सरे गर्ने क्रममा उक्त परिमाणको भियग्रासहित प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ । उनीमाथि थप प्रहरी अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू