प्रधानमन्त्री चार घण्टाको फरकमा चार ठाउँमा पुग्ने

प्रधानमन्त्री चार घण्टाको फरकमा चार ठाउँमा पुग्ने

प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड आज विभिन्न कार्यक्रममा सहभागी हुन लाग्नुभएको छ । उहाँ मध्यान्ह १२ बजेदेखि एकाध घण्टाको फरकमा विभिन्न कार्यक्रममा पुग्ने बताइन्छ । 

सबैभन्दा पहिले उहाँ सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसनको अन्तरक्रियामा जान लाग्नुभएको हो । मध्यान्ह १२ बजे प्रज्ञाभवन, कमलादीस्थित पुस्तकालय हलमा आयोजना गरिने उक्त कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति रहने जानकारी दिइएको छ ।

दिउँसो १ बजे वित्तीय अवस्था, चुनौती र संकट समाधानबारे बैठक राखिएको छ । सिंहदरबारमा राखिएको उक्त बैठकको अध्यक्षता प्रधानमन्त्री दाहालले गर्ने बताइएको छ ।

त्यसैगरी दिउँसो ३ बजे उहाँ शीतल निवास पुगेपछि आजै दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको सत्ता गठबन्धनमा आवद्ध आठ दलको बैठकमा उपस्थित हुनुुहुने उहाँको सचिवालय स्रोतले बताएको छ ।

टिप्पणीहरू