लजमा बस्नेहरु ब्राउन सुगरसहित भेटिए

लजमा बस्नेहरु ब्राउन सुगरसहित भेटिए

झापामा लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-९ का २१ वर्षीय प्रेम सागर सावा, मेचीनगर नगरपालिका-१२ का २० वर्षीय मनिष बराल र मोरङको मिक्लाजुङ नगरपालिका- ४ की १९ वर्षीया तिलु राई रहेको प्रहरीले जनाएको छ । 

अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई अर्जुननगर नगरपालिका- ११ नयाँ बसपार्कस्थित पशुपतिनगर होटल एण्ड लजबाट २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित समातेको हो ।

प्रहरीका अनुसार सोही होटलमा बस्दै आएका उनीहरुका गतिविधि शंकास्पद देखिएपछि चेकजाँच गर्नेक्रममा लागूऔषध फेला परेको थियो ।  पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।
 

टिप्पणीहरू