आफ्नै बहिनीको अश्लिल दृष्य खिचेर ब्वाइफ्रेन्डलाई पठाउने यी युवती

आफ्नै बहिनीको अश्लिल दृष्य खिचेर ब्वाइफ्रेन्डलाई पठाउने यी युवती

आफ्नै नाबालिग बहिनीमाथि यौन दुरुपयोग गरेको अभियोगमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले भक्तपुर निवासी २१ वर्षीया ती युवतीलाई बालयौन दुरुपयोगको अभियोगमा हिजो समातेको हो । ती महिला आफैँले बहिनीसँग संलग्न भई यौनजन्य गतिविधि गरी सोको भिडियो बनाएर आफ्नो पुरुष साथीलाई इमेलमार्फत पठाएको अनुसन्धानबाट खुल्न आएको छ ।

गत जेष्ठ ६ गते प्रहरीको इन्टरपोल शाखामा एक बालिकालाई बालयौन दुरुपयोग गरेकोसम्बन्धी सूचना प्राप्त भएको र अनुसन्धान क्रममा पीडित बालिकाकी दिदी आफैँ सो कार्यमा संलग्न रहेको  खुल्न आएको प्रहरीले जनाएको छ ।  पक्राउ परेकी युवतीमाथि थप अनुसन्धान भइरहेको बुझिएको छ ।
 

टिप्पणीहरू