महोत्तरीमा १४ लाख बढी भारु बरामद, सीमामा पुगेर सटही गरेको आशंका

महोत्तरीमा १४ लाख बढी भारु बरामद, सीमामा पुगेर सटही गरेको आशंका

भारतसँग जोडिएको सीमा क्षेत्रमा पुगेर विदेशी मुद्रा साट्न थालिएको छ । आज बिहान महोत्तरीको सीमा क्षेत्रबाट त्यसरी भारु साट्न खोज्नेहरुलाई प्रहरीले पक्रेको छ । प्रहरीले ठूलो परिमाणको भारुसमेत नियन्त्रणमा लिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुुसार जलेश्वर क्षेत्रबाट नौ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट १४ लाख ३७ हजार भारतीय रुपिया बरामद भएको छ । साथै ७५ हजार नेपाली रुपैयाँ पनि प्रहरीले ती नौ जनाको साथबाट फेला परेको जनाएको छ । पक्राउ परेकामध्ये आठ जना नेपाली र एक जना भारतीय हुन् ।

भारुलगायत अन्य विदेशी मुद्रा सटहीको निम्ति नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने हुन्छ । त्यस्तो अनुमति बैंक तथा वित्तीय संस्था र मनि चेञ्जर कम्पनीले मात्रै पाउँछन् ।

टिप्पणीहरू