भक्तपुरका ९० वर्षका वृद्धले काभ्रेपलाञ्चोकमा पासो लगाए

भक्तपुरका ९० वर्षका वृद्धले काभ्रेपलाञ्चोकमा पासो लगाए

भक्तपुरका ९० वर्षे वृद्ध काभ्रेपलाञ्चोकमा झुण्डिएका छन् । सूर्यविनायक नगरपालिका ८ का सुकमान तामाङ बहिनीको घर नजिकै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

आज दिउँसो साढे ३ बजेको समयमा बनेपा नगरपालिका १२ बाँसडोल, गोठडाँडास्थित बहिनी नानीमाया तामाङको घर नजिकै उनी झुण्डिएको बताइएको छ । पछिल्लो १७ वर्षदेखी बहिनीको घरमा बस्दै आएका उनले बारीमा रहेको पैयुँको रुखमा गलबन्दीको पासो लगाएका हुन् । 

सुकमान झुण्डिएको खबर पाएपछि प्रहरी चौकी साँगाबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्ड र इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा टोली घटनास्थलमा पुगेको छ । टोलीले मुचुल्का उठाउँदै प्रारम्भिक अनुसन्धान थालेको जानकारी दिइएको छ ।

टिप्पणीहरू