चीनमा हुने १९ औं एसियाली खेलकुदको गीत सार्वजनिक

भिडियो : सिन्ह्वा

चीनको हाङचौमा हुने आगामी संस्करणको एसियाली खेलकुदको प्रवद्र्धनात्मक गीत सार्वजनिक गरिएको छ । ‘अब भविश्यसम्म’ भनिएको उक्त गीत चिनियाँ भाषामा गाइएको छ ।

खेलकुद आयोजनाको दुई सय दिन बाँकी हुँदै गीत सार्वजनिक गरिएको बताइएको छ । गत वर्ष सम्पन्न हुनुपर्ने १९ औं एसियाली खेलकुद कोभिड महामारीको कारण एक वर्ष पछाडि धकेलिएको हो । 

चीनले यसअघि सन् १९९० मा राजधानी बेइजिङमा एसियाली खेलकुदको सफल आयोजना गरेको थियो । सन् २००८ मा ग्रीष्मकालीन ओलम्पिक र सन् २०२२ मा हिउँदे ओलम्पिक पनि बेइजिङमा उद्घाटन गरिएको थियो । 

यस पटकको गीतको गायिका पनि ३३ वर्षअघिको एसियाली खेलकुदमा गीत गाएकी वेइ वेइ हुन् ।

टिप्पणीहरू