अर्थशास्त्रीहरुको सम्मेलन, उद्दघाटन एकातिर छलफल अर्कोतिर

अर्थशास्त्रीहरुको सम्मेलन, उद्दघाटन एकातिर छलफल अर्कोतिर

काठमाडौँमा अर्थशास्त्रीहरुको दुइदिने सम्मेलन हुने भएको छ । राष्ट्रिय आर्थिक सरोकार समाजले ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ भोलि र पर्सि सम्मेलन गर्न लागेको हो । 

दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भोलि दिँउसो २ बजेदेखि सुचारु हुनेछ ।  दुईदिने सम्मेलनलाई पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन प्राविधिक सत्र गरी विभाजन गरिएको छ । 

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने समाजका अध्यक्ष गंगाराम थापाले बताए । त्यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसहित अन्य राजनीतिक दलका नेता र वरिष्ठ अर्थशास्त्रीहरु सम्मेलनमा सहभागी हुनेछन् ।

कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा पर्सि बिहान ७ बजेदेखि प्राविधिक सत्रको सम्मेलन गरिने उनले जानकारी दिए । सम्मेलनको मुख्य उद्धेश्य आम नागरिकलाई राष्ट्रिय अर्थतन्त्रको विषयमा जानकारी गराउनु भएको उनले बताए । 

सम्मेलनमा बैंकसंग सम्बन्धित विषयमा पनि छलफल गरिने अध्यक्ष थापाले सुनाए ।
 

टिप्पणीहरू