जातीय विभेद गरेर भोज खुवाउने जनप्रतिनिधिमाथि कारबाहीको माग

जातीय विभेद गरेर भोज खुवाउने जनप्रतिनिधिमाथि कारबाहीको माग

राष्ट्रिय दलित आयोगले जातीय भेदभाव गरेको आरोपमा एक जना स्थानीय जनप्रतिनिधिलाई कारबाहीको माग गरेको छ । 

आफ्नी आमाको १३ औं दिनको पुण्यथितिमा जात छुट्याएर अलग–अलग भोज खुवाएको आरोप खेपिरहेका सिराहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष अग्रनारायण यादवलाई कारबाही गर्न आयोगले सरकारसँग माग गरेको हो ।  

गत सोमबार आयोजित कार्यक्रममा यादवले दलित र गैरदलितको निम्ति अलग–अलग ब्यानर टाँसेर भोज खुवाएका थिए । त्यसप्रति ध्यानाकर्षण गर्दै दलित आयोगले यसलाई जातीय छुवाछूत तथा भेदभाव भनेको छ । आज विज्ञप्ति जारी गर्दै आयोगले सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिद्वारा भएको उक्त कार्यको भत्र्सना गरेको हो । 

‘सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिले मानव अधिकारको अन्तर्राष्ट्रिय मूल्य मान्यता, नेपालको संविधान र प्रचलित ऐनकानुनको उल्लंघन हुने गरी मधेशका युगौंदेखि शोषण–उत्पीडनमा पारिएका समुदायलाई घोषित रुपमा छुट्याउने गरी ब्यानर राखेर दलित समुदायलाई छुट्टै भोज खुवाउने कार्यको निन्दा एवम् भत्र्सना गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ । 

आयोगले यस्तो कार्यको निरुत्साहनका लागि सबै मानव अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति एवम् संस्थाहरुलाई सहयोगका लागि अनुरोध गरेको छ ।

टिप्पणीहरू