ललितपुर महानगरका शिक्षा अधिकृत एक लाख घुससहित पक्राउ

ललितपुर महानगरका शिक्षा अधिकृत एक लाख घुससहित पक्राउ

ललितपुर महानगरपालिकाको शिक्षा महाशाखाका शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको बताइएको छ ।

पौडेलले शिक्षक सरुवामा सहजीकरणको नाममा सेवाग्राहीसँग घुस मागेपछि आयोग टोलीले रंगेहात पक्राउ गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पौडेललाई घुस लिएपछि उनकै कार्यकक्षबाट पक्रिएको हो ।

टिप्पणीहरू