अन्तरेडाँडाका आइतमान भरुवा बन्दुकसहित घरबाटै समातिए

अन्तरेडाँडाका आइतमान भरुवा बन्दुकसहित घरबाटै समातिए

काभ्रेमा भरुवा बन्दुकसहित एक जना समातिएका छन् । खानीखोला गाउँपालिका- १ अन्तरेडाँडाका ५१ वर्षीय आईतामान सिंह तामाङलाई प्रहरीले एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । 

प्रहरी चौकी फलामेटारबाट खटिएको प्रहरी टोलीले आज बिहान तामाङको घरमा जाँच गर्ने क्रममा लुकाईछिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला परेको हो । प्रहरीले उक्त बन्दुक बरामदगरी आइतमानलाई पक्रेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

टिप्पणीहरू