वैदेशिक रोजगारी बन्यो सर्वसाधारणलाई ठग्ने नयाँ माध्यम

वैदेशिक रोजगारी बन्यो सर्वसाधारणलाई ठग्ने नयाँ माध्यम

नक्कली म्यानपावर एजेन्सी खोलेर ठगीधन्दा चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने भन्दै नक्कली म्यानपावर खोलेर ठगीमा संलग्नलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

मकवानपुर घर भई काठमाडौं १४ स्थित गाईबाच्छाटोलमा बस्दै आएका आदेश तामाङ्ग मीनभवनमा पक्राउ परेका हुन् । उनले केएचएम रिक्रयुमेण्ट ग्रुपको नाममा वैदेशिक रोजगारीमा मलेसियाको प्रतिष्ठित मेडिकल कम्पनीमा काम लगाइदिने भन्दै ठगी गरेका हुन् । 

आकर्षक तलबको प्रलोभन देखाउँदै उनले एक सयभन्दा बढीलाई ठगेको अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीले कीर्तिपुरस्थित उनको कम्पनीमा समेत छापा मारेको छ । खानतलासीको क्रममा कम्पनीको एक थान छाप, दुई थान कम्प्युटर सिपियुसहित विभिन्न कागजात बरामद गरिएको छ । 

उनलाई ठगीसम्बन्धी कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

टिप्पणीहरू