पूर्व झापामा ‘ब्रा’ भित्र ब्राउन सुगर

पूर्व झापामा ‘ब्रा’ भित्र ब्राउन सुगर

प्रहरीले महिलाले शरिरको माथिल्लो भागमा लगाउने भित्री वस्त्र ‘ब्रा’ मा लुकाएर ल्याइएको ब्राउन सुगर फेला पारेको छ । झापाको भद्रपुरस्थित गलगलिया नाकाबाट स्कुटर चलाएर आएकी महिलाको शरिर खानतलासी गर्दा भित्री वस्त्रमा लागू औषध लुकाएको अवस्थामा फेला परेको बताइएको छ ।

बिर्तामोड नगरपालिका– १ स्थित हनुमाननगरमा बस्दै आएकी ३४ वर्षीया मञ्जु चापागाईंलाई ब्राभित्र ब्राउन सुगर लुकाएको अवस्थामा फेला पारिएको सीमा सुरक्षामा रहेको सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको हो । हिजो बिहान उनी प्र–१–०१–०१३ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आइरहेकी थिइन् ।

चापागाईंलाई मेची पुलमा तैनाथ सशस्त्र प्रहरीको टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला पारेको हो । उनले ब्राभित्र १९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर हालेकी थिइन् ।

उनको साथबाट पाँच हजार ७५ रुपैयाँ, ७ सय ९९ भारुसहित ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू