सबै श्रेणीहरू

राष्ट्रपति भण्डारीसँग शीतल निवासमा सामूहिक बिदाई भेट

राष्ट्रपति भण्डारीसँग शीतल निवासमा सामूहिक बिदाई भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा प्रधानसहित प्रमुख दलका शीर्ष नेताहरुले सामूहिक बिदाई भेट गरेका छन् । उहाँहरुले राष्ट्रपति भवनमा आज बेलुकी सवा ५ बजे भेटवार्ता गर्नुभएको बताइएको छ ।

आज रातिदेखि पदावधि सकिन लाग्नुभएका राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीले सामूहिक बिदाई भेट गर्नुभएको हो ।

भोलिदेखि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल पदको शपथग्रहण पछि कार्यभार सम्हाल्न शीतल निवास प्रवेश गर्दै हुनुहुन्छ । शपथग्रहण दिउँसो १ बजे गराउने तयारी थालिएको छ ।