स्कूलको कार्यक्रम सकेर प्रधानमन्त्री शिक्षकसँग

पद्मोदय माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहलाई सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाधिवेशन उद्घाटन गर्न कमलादी पुग्नुभएको छ ।

हिरक जयन्ती समारोहमा मन्तव्य सकेर प्रधानमन्त्री सिधै शिक्षक संगठनको छैठौँ महाधिवेशनका लागि कमलादीस्थित राष्ट्रिय सभागृह जानुभएको हो । माओवादी केन्द्रको  पेशागत संगठनका रुपमा क्रियाशील एकीकृत शिक्षक संगठनको महाधिवेशनमा प्रधानमन्त्रीसँगै सो पार्टीका शीर्ष नेताहरु पनि सहभागी छन् । . 

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा,पूर्वसभामुखसमेत रहेका अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पूर्वमन्त्री तथा उपाध्यक्ष पम्फा भुसाल,महासचिव देव गुरुङ,पूर्वशिक्षा मन्त्री तथा उपमहासचिव गिरिराजमणि पोख्रेलले देशभरका माओवादी शिक्षकहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ ।


टिप्पणीहरू