होली खेल्नुको अर्थ के ?

होली खेल्नुको अर्थ के ?

भर्खरै होली पर्व सकियो । कलाकार, पत्रकार, साहित्यकार जम्मै होली खेलेका तस्बिरहरू सार्वजनिक भए । नेताहरू होली खेलेको तस्बिर भने सार्वजनिक भएन । नेताहरूले यसपालि होली बहिष्कार गरेछन् कि क्या हो ?

त्यसो त यसपालि नेताहरूले त्यस्तोविधि होली खेल्नुपर्ने आवश्यकता पनि परेन होला । किनभने जम्मै नेताहरूको अनुहारमा कालो त पोतिएकै छ । किन होलीको रंग पोत्नुपर्‍यो र ?

अहिले देख्नुहाल्नुभयो होला । केपी ओलीले प्रधानमन्त्री प्रचण्डको मुखमा कालो पोतेको पोत्यै हुनुहुन्छ । प्रचण्डले ओलीको मुखमा कालो पोतेको पोत्यै हुनुहुन्छ । देउवाले सुवास नेम्बाङको र सुवास नेम्वाङले रामचन्द्र पौडेलको मुहारमा कालो पोतेको पोत्यै हुनुहुन्छ ।

कालो पनि कति कालो त भन्दा बरु कालो पनि त्यति कालो छैन होला जति उहाँहरूको मुहारमा लागेको कालो कालो छ । यतिविधि कालो पोतिसकेको मुहारमा फेरि अर्को के रङ्ग पोत्नु ? कालो रंगमा अर्को रंग देखिन पनि गाह्रो हुन्छ होला । यस्तो अवस्थामा होली खेलेर के हुन्छ नखेलेर के हुन्छ, होइन र भन्या ?

टिप्पणीहरू