सुनसरीमा अवैध लागूऔषधसहित समातिए प्रभु साह

सुनसरीमा अवैध लागूऔषधसहित समातिए प्रभु साह

सुनसरीमा अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर १६ का २७ वर्षीय प्रभु साहलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । 

विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनलाई गएराति नौलोबस्तीबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनलाई १२ हजार २ सय ट्रामाडोल क्याप्सुल र ५ सय ३० स्पास्पेइन क्याप्सुलसहित फेला पारिएको हो ।

 उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू