झापामा दुई लाखभन्दा बढीको सामान बरामद

झापामा दुई लाखभन्दा बढीको सामान बरामद

झापामा प्रहरीले भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याइएका दुई लाखभन्दा बढी मूल्य बराबरको सामान बरामद गरेको छ । 

मेचीनगर नगरपालिका वडा नम्बर ७, धनकुटे बस्तीबाट प्रहरीले दुई लाख ४० हजार पाँच सय रुपैयाँ बराबरको सिल्क कपडा २२ रोल, ब्लाउज सिलाउने कपडा १ रोल र भाँडाधुने साबुन ५ कार्टुन बरामद गरेकोे जानकारी दिएको छ । प्रहरी चौकी सतिघट्टाबाट खटिएको टोलीले आज बिहान उक्त सामान फेला पारी नियन्त्रणमा लिएको हो ।

बरामद सामान आवश्यक कारबाहीको निम्ति भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू