न्यायाधीशको पुत्ला जलाउन खोज्ने तीन जना प्रहरी हिरासतमा

माइतीघरमा न्यायाधीशको पुत्ला जलाउन खोजेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विनु यादव, जस्मिन ओझालगायतलाई पक्रेर आज दिउँसो महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगेको बताइएको छ ।

विनुलगायतको समूह रामेछापमा घटनाको विषयलाई लिएर प्रदर्शनमा उत्रेको हो । यादवले आफूले न्याय नपाएको भन्दै न्यायाधीशको पुत्ला दहन गर्न खोजेपछि प्रहरीले पक्रेको हो ।

रामेछाम गोठगाउँका प्रदीप कठायतसँगको प्रेम सम्बन्धपछि विवाह गरेकी बिनुले आफूमाथि घरेलु हिंसा भएको बताउँदै सम्बन्धविच्छेद गरेकी हुन् । जिल्ला न्यायाधीशले घुस खाएर सम्बन्धविच्छेदको फैसला गरेको सार्वजनिक रूपमा आरोप लगाउँदै आएकी छन् ।

केही महिनाअघि अदालतभित्रै विष सेवन गरेर यादवले आत्महत्याको प्रयास समेत गरेकी थिइन् ।
 

टिप्पणीहरू