नक्कली लाइसेन्सको कारोबारी वीरगञ्जमा पक्राउ

नक्कली लाइसेन्सको कारोबारी वीरगञ्जमा पक्राउ

नक्कली सवारी चालक अनुमतिपत्र कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्रेको छ । वीरगञ्ज महानगरपालिका २५ का २४ वर्षीय पारस साह तुराहलाई नक्कली सवारी चालक अनुमतिपत्रको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको बताइन्छ । टोलीले तुराहको शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट ई वर्गको अनुमतिपत्रलाई ए, बी र ई वर्गको नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गरेको अवस्थामा फेला परेको हो । 

पक्राउ परेका उनलाई लिखितसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, गौशाला पठाइएको छ ।

टिप्पणीहरू