लागूऔषध र जाली नोट थुपारेका दाजुभाइ घरैबाट पक्राउ

लागूऔषध र जाली नोट थुपारेका दाजुभाइ घरैबाट पक्राउ

झापाको बिर्तामोडमा लागूऔषध र नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

बिर्तामोड नगरपालिका-४ मेघाबारीका २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीया घरबाटै समातिएका हुन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले सुवासको घर छानबिन गर्दा उनीहरु लागूऔषध र विभिन्न देशका नक्कली नोटसहित फेला परेका हुन् । 

प्रहरीले उनीहरुको साथबाट ४ ग्राम ३ सय ९० मिलिग्राम खैरो हिरोइन, २८ ट्याव्लेट नाईट्रजेपाम, नेपाली हजारका ८८ थान र पाँच सयका २ थान नक्कली नोट, ४ थान मोबाइल तथा अन्य देशको ११ थानभन्दा बढी नक्कली नोट बरामद गरेको छ । त्यस्तै, मे.५ प ९७९७ नम्बरको मोटरसाइकल र ३ हजार रुपैयाँ समेत उनीहरुको साथबाट फेला परेको प्रहरीले बताएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

टिप्पणीहरू