गोरु मारेर भागेका आरोपितहरु प्रहरी नियन्त्रणमा

गोरु मारेर भागेका आरोपितहरु प्रहरी नियन्त्रणमा

गोरु मारेको आरोपमा अदालतबाट जेल सजाए सुनाइएका सुनसरीका दुई फरार आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका ३ नडाहाका ५१ वर्षीय तिलक भन्ने तिलोक राई र ३६ वर्षीय निमा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

उनीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले हिजो साँझ पक्राउ गरेको हो । गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ । निजहरुलाई जिल्ला अदालतमा उपस्थित गराइएपछि कैद भुक्तानको निम्ति झुम्का कारागार पठाइएको छ ।

गोरु मारेको मुद्दामा सुनसरी जिल्ला अदालतको गत भदौ ९ गतेको सजाय निर्धारण फैसला आदेशमा उनीहरुलाई जनही २ महिना ९ दिन कैद तोकिएको छ ।
 

टिप्पणीहरू