जुम मिटिङमा महिलामाथि अश्लिल हर्कत गरेका डीन निलम्बित

जुम मिटिङमा महिलामाथि अश्लिल हर्कत गरेका डीन निलम्बित

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बनमा परेका छन् । जुम बैठकमा महिला कर्मचारीलाई तानेर काखमा राख्दै दुर्व्यवहार गरेको आरोपमा उनलाई निलम्बन गरिएको बताइएको छ ।

आज बसेको विश्वविद्यालय व्यवस्थापनको बैठकले डीन दत्तलाई निलम्बन गरेर अनुसन्धान अघि बढाउने निर्णय गरेको उपकुलपति पुण्यप्रसाद रेग्मीले बताए । उक्त विषय संवेदनशील भएकाले निलम्बन गरेर छानबिन गर्ने निर्णय भएको  उनको भनाइ छ । 

‘सामाजिक सञ्जालमा देखिएको विषयवस्तु संवेदनशील भएको हुँदा सत्यतथ्य छानबिनको सहजीकरणको लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०६९ को परिच्छेद ३८ नियम १७४ (५) अनुसार छानबिन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मको लागि कृषि संकायको डीन पदबाट तपाईंलाई आजको मितिदेखि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ’, निर्णयबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । 

उनले महिला कर्मचारीलाई तानेर अश्लील हर्कत गरेको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ । कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी जुम मिटिङमा उनले त्यस्तो कार्य गरेका हुन् । 

डीनको उक्त हर्कतको सर्वत्र विरोध भइरहेको छ ।

टिप्पणीहरू