श्रीमती मारेर भागेका हेमकर्ण समातिए

श्रीमती मारेर भागेका हेमकर्ण समातिए

श्रीमतीको हत्या गरी फरार रहेका मोरङका एक व्यक्ति अन्तत: पक्राउ परेका छन् । श्रीमती हत्याका आरोपित बेलबारी नगरपालिका-१ नक्सालबारीका ५७ वर्षीय हेमकर्ण महतलाई प्रहरीले हिजो समातेको हो । 

प्रहरीका अनुसार गत फागुन २५ गते घरायसी विवादका कारण महतले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका थिए । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई पथरी शनिश्वरे नगरपालिका- १० स्थित पश्चिम बसपार्कबाट हिजो दिउँसो नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

टिप्पणीहरू