मन्त्रीको घरमा चोर

मन्त्रीको घरमा चोर

केही समयअघिको कुरा हो । लुम्बिनी प्रदेशका एक मन्त्रीको घरमा चोरी भएछ । मन्त्रीको घरमा चोरी भएपछि चोरभन्दा पनि मन्त्री बढी चर्चामा आउनुभयो । किनभने मन्त्रीको घरमा चोरी गर्नु भनेको सानोतिनो कुरा होइन । चोरलाई मान्नै पर्छ ।

शायद मन्त्रीको घरमा चोर्न सके ठूलै माल हात पर्ला कि भनेर चोर घुसेको होला । तर चोर निराश भएको हुनुपर्छ । किनभने गण्डकीका जुन मन्त्रीको घरमा ऊ घुसेको थियो, उहाँ भर्खरै मात्र मन्त्री हुनुभएको हो । भर्खरै मन्त्री भएका मान्छेको घरमा के नै माल पाइएला र ? दुई वर्षपछि छिरेको भए अलि पुग्ने गरी माल भेट्टाइन्थ्यो । मन्त्री हुनेबित्तिकै कहाँ माल पाइन्छ ? एक दुई वर्ष ‘काम’ गर्नुप¥यो । ‘काम’ गरे पछि माल पाइन्छ । त्यही भएर पहिले ‘काम’ गर्न दिनुप¥यो । अनि त्यसपछि चोर्न जाने हो । अनि पो माल हुन्छ । 

चोरलाई पनि कति हतार ? मन्त्रीज्यू मन्त्री भएर यसो आरामै लिन पाएको छैन, उहाँको घरमा चोर्न जानुपर्ने ? दुई चार महिना पर्खेको भए के जान्थ्यो ? उल्टो माल बढी पाइन्थ्यो, होइन ? 
 

टिप्पणीहरू