वातावरणीय प्रभावबारे प्रतिवेदन बुझाउन देशभरका उद्योगलाई निर्देशन

वातावरणीय प्रभावबारे प्रतिवेदन बुझाउन देशभरका उद्योगलाई निर्देशन

वातावरण विभागले देशभरका उद्योगलाई आफ्नो उद्योगबाट वातावरणमा परेको प्रभावबारे स्वःअनुगमन प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । 

आज सूचना प्रकाशित गर्दै विभागले कतिपय उद्योग, प्रतिष्ठान तथा आयोजनाहरुले स्वःअनुगमन कार्य नगरेको पाइएकोले कानूनबमोजिम प्रतिवेदन बुझाउन निर्देशित गरेको हो । विभागले वातावरण संरक्षण नियमावलीको नियम ४५ मा भएको व्यवस्थाअनसुार स्वःअनुगमन गरी प्रतिवेदन बुझाउन भनेको छ ।  साथै, यस्तो प्रतिवेदन नबुझाए प्रचलित कानूनअनुसार कारबाही हुने चेतावनीसमेत विभागले दिएको छ ।

‘कानूनी व्यवस्थाबमोजिम कतिपय उद्योग, प्रतिष्ठान र आयोजनाहरुले स्वः अनुगमन कार्य गरेको नपाइएकोप्रति विभागको गम्भिर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘अतः देशभर रहेका सम्पूर्ण उद्योग, प्रतिष्ठान एंव आयोजनाहरुले वातावरण संरक्षण नियमावलीको नियम ४५ मा भएको व्यवस्थाअनुसार स्वः अनुगमन गरी प्रतिवेदन विभागमा अनिवार्य पेस गर्नुहुन सूचित गरिन्छ । अन्यथा प्रचलित कानूनबमोजिम हुने व्यहोरा अनुरोध छ ।’

टिप्पणीहरू