चतुर्भुजेश्वरमा एक भोटको लफडा, दोहोर्याएर गणना हुँदै

चतुर्भुजेश्वरमा एक भोटको लफडा, दोहोर्याएर गणना हुँदै

सर्लाहीको सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहमुखी क्याम्पसमा पुनः मतगणना हुने भएको छ । मत गणनाका क्रममा कूल खसेको भन्दा एक मत बढी भेटिएपछि दोहोर्याएर गणना गर्न लागिएको हो ।  

हिजो सम्पन्न स्ववियु निर्वाचनमा यहाँ ९७० मध्ये ७११ जना विद्यार्थीले मतदान गरेका थिए । तर, मत गणना गरिसक्दा भने ७१२ मत देखिएपछि बिबाद भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एमाले निकट अखिल र माओवादी निकट अखिल (क्रान्तिकारी)का सभापतिका उम्मेदवारले बराबर मत ल्याएपछि एक मत बढी भेटिएको खुल्न आएको हो । कार्यालयका अनुसार मतगणनाका क्रममा सभापतिमा नेबिसंघसहितको संयुक्त प्यानलबाट क्रान्तिकारीका प्रेमराज दाहालले ३५० र अनेरास्ववियुका सन्दीप थापाले पनि ३५० नै मत प्राप्त गरेका थिए । 

एउटा बढी मतपत्रका कारण विवाद चुलिएपछि मतपरिणाम घोषणा स्थगित गरेर सर्वपक्षीय बैठक बसी पुनः मतगणनाको तयारी भइरहेको छ ।
 

टिप्पणीहरू